पीएमजीसीका लागि नेपालका दुई टोली छनौट भएका थिए। एएसएलसँगै द रियल सोल्जर ‘डीआरएस’ यस प्रतियोगितामा छनौट भएको थियो।
यद्यपी डीआरएस भने यस प्रतियोगिताको सुपर विकेन्ड चरणबाट बाहिरिएको हो। पीएमजीसीमा किल रेट र पोजिसनको आधारमा अंक प्रदान गरिन्छ।
अंकको आधारमा टोलीहरुलाई पहिलो, दोस्रो र तेस्रो भएको घोषणा गरिन्छ। लिग स्टेज र सुपर विकेन्डमा उत्कृष्ट प्रदर्शन गर्ने १६ टोली फाइनल पुगेका हुन्।

यस प्रतियोगिताको विजेताले २३ करोड ४० लाख रुपैयाँ पाउनेछ। पीएमजीसीको फाइनल अब दुबईमा जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ।
६० खेलमा एएसएलले ३१२ अंक जोड्दै १० औं स्थान बनाउँदै ग्लोबल च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको हो।
दक्षिण एसियाली प्रतियोगितामा विजेता बनेपछि एएसएल पीएमजीसीका लागि छनौट भएको थियो।
याे पनि: पब्जी खेलेरै नेपाली युवाले कमाए ७१ लाख, २३ करोडमा नजर


प्रतिक्रिया