शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसहित विभिन्न स्वास्थ्य संस्थाका पदाधिकारीका लागि कार्ययोजना बुझाएका उम्मेदवारको सूची सार्वजनिक भएको छ।
मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। पदाधिकारीका लागि आवेदन दिनेमध्ये निर्धारित समयमा सोचपत्र तथा कार्ययोजना दर्ता गराउनेको सूची सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा खुला प्रतिस्पर्धाबाट पदाधिकारी चयन गरेको थियो। त्यसमा आवेदन दिएकामध्ये प्रस्तुतिकरणका लागि छनोट भएको उम्मेदवारको नाम सार्वजनिक गरेको थियो। उनीहरूलाई सोचपत्र तथा कार्ययोजना बुझाउन भनेको थियो।
कार्ययोजना बुझाएका उम्मेदवारको प्रस्तुतिपछि पदाधिकारी चयन गरिनेछ। यो सूचीबाटै स्वास्थ्य संस्थाका पदाधिकारी चयन गरिने मन्त्रालयले जनाएको छ।
कार्ययोजना बुझाएका उम्मेदवारको सूची:








Shares

प्रतिक्रिया