समाज


सानेपाबाट नियन्त्रणमा लिइयो कागजातबिना कबाडी बोकेका १० वटा ट्रक

सानेपाबाट नियन्त्रणमा लिइयो कागजातबिना कबाडी बोकेका १० वटा ट्रक

नेपालखबर
असार १६, २०८३ मंगलबार २१:३८, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ।

आवश्यक कागजपत्र बिना कबाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ सानेपाबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। 

आवश्यक कागजपत्रबिना ठूलो मात्रामा कबाडी सामान बोकेर उपत्यका बाहिर जान लागेको भन्ने गोप्य सूचनाका आधारमा रिङरोडबाट सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले  नियन्त्रणमा लिएको हो।

प्र २–०३–००१ ख ४७३८ , लु २ ख ५१०५, प्र २–०३–००१ ख ५६१९, ना ५ ख ६६७१ , ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७ , ग २ ख ५३९, बा‍. प्र. ०३.००१ ख २०५० र ना ६ ख ५६१ नम्बरका ट्रकहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। 

ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन लैजान थालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad