समाज


पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल ‘कर्मयोगी बद्री पहाडी पुरस्कार’बाट सम्मानित

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल ‘कर्मयोगी बद्री पहाडी पुरस्कार’बाट सम्मानित

नेपालखबर
पुस २२, २०७७ बुधबार ९:४७,

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ –२०७६ पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई प्रदान गरिएको छ।

बुधबार शान्ति समाजद्वारा काठमाडौंमा आयोजित पुरस्कार अर्पण कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई रु. १ लाख १० हजार पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गरेका हुन्। यसैगरी ८ वटा सामाजिक संस्थाहरुले पनि सोही कार्यक्रममा पोखरेललाई सम्मान गरेका थिए।

पुरस्कार/सम्मान ग्रहण पश्चात कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले सार्वजनिक सेवामा रहँदा होस् वा निजी जीवन निर्वाहको क्रममा, बद्री पहाडीको सक्रियता सदैव समाजलाई सकारात्मक बाटोमा हिँडाउने भूमिकामा केन्द्रित रहेको बताउँदै आफू जस्ता कैयौँ युवाको बद्री पहाडी उत्प्रेरकको रुपमा रहेको बताए।

नेपालको वर्तमान सन्दर्भको चर्चा गर्दै पोखरेलले हरेक क्षेत्रको अति राजनीतिकरण, प्रजातन्त्रको खम्बाका रुपमा रहेका संस्थाहरुको अति क्षयीकरण तथा तेजोबध हुनु मुलुकको अवनतिको कारण रहेको भन्दै अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको शाख गिरेको बताए।

कार्यक्रममा भोजराज पोखरेलले कल्याणकारी कार्यमा समर्पित सेवामुखी संस्था लक्ष्मी प्रतिष्ठानलाई आफ्ना तर्फबाट रु. २ लाख २० हजार नगद सहयोग हस्तान्तरण गरेका थिए।

पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad