समाज


क्रसर उद्योगमा बम विष्फोट गराउने थप एक जना पक्राउ

क्रसर उद्योगमा बम विष्फोट गराउने थप एक जना पक्राउ

नेपालखबर
पुस २२, २०७७ बुधबार ७:३४,

क्रसर उद्योगमा बम विष्फोट गराएर फरार रहेका उदयपुरको बेलका नगरपालिकाका एक युवा पक्राउ परेका परेका छन्।

पक्राउ पर्नेमा बेलका नगरपालिका–२ का ३३ वर्षीय अमृत भनिने देव बहादुर विष्ट रहेका छन्।

उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

त्रियुगा नगरपालिका–१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई रामपुर क्षेत्रबाट पक्राउ गरेको हो।

उक्त घटनामा संलग्न पवन राईलाई प्रहरीले समेत यसअघि नै पक्राउ गरेको थियो।

प्रहरीले घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad