खेल


गत वर्ष सम्पन्न १८औँ संस्करणको आहा रारा गोल्डकपमा बचत भयो झण्डै १९ लाख

गत वर्ष सम्पन्न १८औँ संस्करणको आहा रारा गोल्डकपमा बचत भयो झण्डै १९ लाख

नेपालखबर
पुस २२, २०७७ बुधबार ७:३०,

पोखरामा गत वर्ष सम्पन्न १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट झण्डै १९ लाख रुपैयाँ बचत भएको छ।

आयोजक सहारा क्लबले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताबाट ८८ लाख १० हजार ३ सय ६६ रुपैयाँ आम्दानी भएकोमा त्यसबाट खर्च कटाएर १८ लाख ९७ हजार ६ सय ५७ रुपैया बचत भएको  जानकारी दिएको छ।

कोरोना संक्रमणका कारण रकम संकलनमा ढिलाइ भएकाले आयव्यय ढिलो सार्वजनिक गरिएको क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए।

प्रतियोगिता आयोजना गर्दा कुल ६९ लाख १२ हजार ७ सय ९ रुपैयाँ खर्च भएको छ। प्रतियोगिताको टिकटबाट मात्र २८ लाख ७ हजार ४ सय ७० रुपैयाँ संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले जानकारी दिए।

त्यस्तै ब्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक ब्याज आम्दानीबाट ४२ हजार १ सय ४५ रुपैयाँ आम्दानी भएको गुरुङले जानकारी दिए।

प्रतियोगिताका लागि मुख्य प्रायोजक आहा रारा तयारी चाउचाउबाट १२ लाख ५१ हजार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुकेसन कन्सल्टेन्सीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५ सय २९, गोर्खा ब्रुअरीबाट ३ लाख ५० हजार, सहारा क्लब हङकङबाट २ लाख ७ हजार ४ सय ५० रुपैया लगायतका अन्य संघ÷संस्थाबाट सहयोग प्राप्त भएको क्लबले जनाएको छ।

खेलाडी दैनिक भ्रमण खर्चबाापत २५ लाख ७ हजार १ सय ६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन खर्च ६ लाख ८२ हजार ७ सय ५०, ब्यानर कपडा एवं लेखाइ खर्च २ लाख ३० हजार खर्च भएको छ।

त्यस्तै खेल मैदानको लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्री खर्च १ लाख ९४ हजार, रेफ्री यातयात खर्च १ लाख २८ हजार ३ सय ९५ लगायतका शीर्षकमा खर्च भएको क्लबका कोषाध्यक्ष राजु लालचनले जानकारी दिए।

प्रतियोगिताबाट बचत भएको रकम सहारा क्लबले सञ्चालन गर्दै आएको सहारा एकेडेमीमा रहेका बालबालिकाहरुको लागि खर्च गर्दै आएको क्लबका अध्यक्ष थापाले बताए।

प्रतियोगिातमा नेपाल पुलिस क्लवलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लवले प्रतियोगिताको उपाधिसहित १० लाख एक हजार रुपैयाँ पाएको थियो। प्रतियोगिता पोखरा रंगशालामा गत फागुन २१ देखि चैत १ गतेसम्म आयोजना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad