राजनीति


डेमोक्रेटिक पार्टीलाई अर्को सफलता, सिनेट निर्वाचनमा रिपब्लिकन लोइफ्लर पराजित भइन्

डेमोक्रेटिक पार्टीलाई अर्को सफलता, सिनेट निर्वाचनमा रिपब्लिकन लोइफ्लर पराजित भइन्

नेपालखबर
पुस २२, २०७७ बुधबार ७:४०,

दुईवटा सिनेटर पदको लागि निर्वाचन भएको हो। हाल मत गणना कार्य ९८ प्रतिशत समाप्त भइसकेको बीबीसीले जनाएको छ।

यसबीचमा डेमोक्रेटिक उम्मेदवार राफेल वारनकले रिपब्लिकन केली लोइफ्लरलाई सिनेटको निर्वाचनमा पराजित गरेको एनबीसी, एबीसी र सीबीएस न्युजले पक्षेपण गरेका छन्।

वारनकको पक्षमा ५१ प्रतिशत र लोइफ्लरको पक्षमा ४९ प्रतिशत मत प्राप्त भएको बताइएको छ।

Loeffler vs. Warnock a study in contrastsवारनक र लोइफ्लर

यसैबीच सिनेटरकै लागि भएको जोर्जियाकै अर्को निर्वाचनमा पनि डेमोक्रेटिक नेता जोन ओसफको अग्रता रहेको अमेरिकी संचार माध्यमले जनाएका छन्।

ओसफले रिपब्लिकन उम्मेदवारलाई एक प्रतिशत मतले पराजित गर्ने प्रक्षेपण गरिएको छ।

अमेरिकी राज्य जोर्जियामा राष्ट्रपति चुनिएका जो बाइडनको डेमोक्रेटिक पार्टीले सिनेटमा वर्चस्व कायम गर्छ कि गर्दैन भन्ने यस निर्वाचनले निर्णय गर्नेछ।

मत गणना सम्पन्न हुन लाग्दा डेमोक्रेटक पार्टीले दुवै पद जित्ने ठानिएको छ। सिनेटका दुवै सिट जितेमा डेमोक्रेटिक पार्टीलाई आफ्ना मुद्दाहरू पारित गराउन सहज हुनेछ।

रिपब्लिकन पार्टीले भने सिनेटमा वर्चस्व कायम राखिराख्न दुईमा एक सीट मात्र जिते पनि पुग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad