ललितपुरका विभिन्न ठाउँमा आज दिउँसो तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरणले दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको हो।
पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा दिउँसो ३ घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ। ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो।
ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया