समाज


मौसम सुध्रिएसँगै काठमाडौंको वायु प्रदूषण केही घट्याे तर अस्वस्थकर नै

मौसम सुध्रिएसँगै काठमाडौंको वायु प्रदूषण केही घट्याे तर अस्वस्थकर नै

नेपालखबर
पुस २२, २०७७ बुधबार ४:३७,

मौसममा सुधार आएसँगै काठमाडौको वायु प्रदूषणको मात्रा केही कम देखिएको छ तर यो अझै अस्वस्थ्यकर तहमै छ।

अमेरिकी दूतावासले काठमाडौंको फोहोरा दरबारमा राखेको वायु गुणस्तर मापक यन्त्रमा बुधबार (आज) बिहान ७ बजे वायु प्रदूषणको पीएम २.५ को मात्रा १७७ देखाएको हो।

हिजो (मंगलबार) यही समय (बिहान ७ बजे) यसको मात्रा २०३ थियो।

विज्ञका अनुसार पीएम २.५ को मात्रा १५० देखि २०० सम्म हुनु अस्वस्थ्यकर हावा हो। अनि यसको मात्रा २०० देखि ३०० सम्म हुनु चाहिँ एकदमै अस्वस्थ्यकर अवस्था हो।

पीएम २.५ले हावामा २.५ माइक्रोनभन्दा सानो प्रदूषणको कणलाई बुझाउँछ। यो निकै सानो हुन्छ। मानिसको रौंको चौडाइ ७५ माइक्रोन हुन्छ।

आज बिहानैदेखि मौसममा सुधार आएको छ। योसँगै वायु प्रदूषणको मात्रा पनि घटेर जाने अनुमान गरिएको छ।

विज्ञका अनुसार अहिलेको अवस्थामा फोक्सो र मुटुको समस्या भएका, पाको उमेरका बालबालिका तथा केटाकेटीले खुला ठाउँमा लामो समय वा कडा शारीरिक गतिविधि गर्न हुँदैन।

यस्तै अन्यले पनि खुला स्थानमा धेरै लामो समय काम नगर्ने र बेलाबेला आराम गर्न आवश्यक मानिन्छ।

सोमबार खतरनाक तहमा पुगेको काठमाडौंको वायु प्रदूषण मंगलबार केही सुधार भएको थियो।

स्वास्थ्य मन्त्रालय र वातावरण विभागले सूचना जारी गरी वायु प्रदूषण बढेकाले सजगता अपनाउन आग्रह गरेका छन्।

याे पनि : काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च, वातावरण विभाग भन्छ : केही दिन घरभित्रै बस्नू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad