समाज


नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ कार्यक्रम सुरु

नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ कार्यक्रम सुरु

नेपालखबर
पुस २१, २०७७ मंगलबार ११:२३,

नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर गोरखादेखि काठमाडौंसम्म ‘एकीकरण पदयात्रा’ को सुरुवात गरेको छ।

पुस २७ गते जंगी अड्डामा २९९ औँ ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ विविध कार्यक्रमहरु समावेश गरि मनाउन लागिएको सन्दर्भमा गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरु गोरखा देखि धादिङ, नुवाकोट हुँदै काठमाडौं जंगी अड्डासम्म सञ्चालन हुने ‘एकीरण पदयात्रा’ आज (मंगलबार) गोरखा दरबारबाट सुरु भएको हो।

बिभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम, अन्तर्क्रिया तथा प्रवचनको कार्यक्रमहरु समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पहिला पाँचवटा युनिटहरुको निशान झन्डा संलग्न भएको छ।

army-yatra.jpg

कार्यक्रममा नेपाली सेना लगायत स्थानीय, सरकारी, गैर सरकारी निकायहरु र सर्वसाधारणको समेत सहभागिता रहेको छ। यस प्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिबृद्धी हुने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad