ad ad

समाज


भक्तपुरमा सडक बत्ती मर्मतका क्रममा करेन्ट लागेर एकको मृत्यु, एक जना घाइते

भक्तपुरमा सडक बत्ती मर्मतका क्रममा करेन्ट लागेर एकको मृत्यु, एक जना घाइते

नेपालखबर
पुस २१, २०७७ मंगलबार ११:२७,

भक्तपुरमा सडक बत्ती मर्मत गर्न खटिएका एक व्यक्तिको करेन्ट लागेर ज्यान गएको छ।

भक्तपुर नगरपालिका–२, ब्यासी इतापामा दोलखा मेलुङ गाउँपालिका ५ घर भएका २३ वर्षीय राजकुमार बुढाथोकीको करेन्ट लागेर मंगलाबर दिउँसो मृत्यु भएको हो।

भक्तपुर नगरपालिकाको तर्फबाट सडकबत्ती निर्माण कार्यमा खटिएका बुढाथोकी बिजुलीको पोलमा चढी मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उपचारको लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका ११ घर भई हाल काठमाडौं बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .