समाज


बिहानैदेखि देशैभर मौसम बदली, कहाँ-कहाँ होला हिमपात र वर्षा?

बिहानैदेखि देशैभर मौसम बदली, कहाँ-कहाँ होला हिमपात र वर्षा?

नेपालखबर
पुस २१, २०७७ मंगलबार १:२६,

अहिले (मंगलबार बिहान) देशैभर मौसम बदली भएको छ। आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर माैसम सामान्य बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै बागमती र प्रदेश नम्बर १ का पनि एक वा दुई स्थानमा आज हल्का वर्षा हुने सम्भावना छ।

यसैगरी आज देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपातसमेत हुने सम्भावाना छ। ‘तर काठमाडौंमा आज वर्षा हुने सम्भावना एकदमै कम छ,’ मौसमविद् गंगा नगरकोटीले नेपालखबरसँग भनिन्।

राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भई् सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ।

आज बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती र प्रदेश न. १ को भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भई हल्का वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा हल्का गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

मौसमविद् नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावले एक दुई दिनयता देशभर मौसम बदली तथा धेरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको हो। ‘भोलि (बुधबार) देखि यो क्रम केही कम हुँदै पर्सि (बिहीबार) बाट भने मौसम सफा हुँदै जाने सम्भावना छ,’ उनले भनिन्।

माैसमविद्ले आगामी ३ दिनसम्म मौसम यस्ताे रहने अनुमान गरेका छन् : 

पुस २१ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती र प्रदेश न. १ को भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ।

पुस २२ गते (बुधबार)

दिउँसो : देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

पुस २३ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : प्रदेश न १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad