बेलायतमा अध्ययन गर्दै आएका एक १८ वर्षका चिनियाँ विद्यार्थीमा कोरोनाको नयाँ रुप देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
उनी गत डिसेम्बर ४ मा आफ्नो घर ग्वान्झाओ फर्किएका थिए। विज्ञहरुले यस भाइरस पहिलेकोभन्दा ७० गुणा बढी संक्रामक भएको बताएका छन्।
तर पहिलेको तुलनामा यो खतरनाक भने नभएको उनीहरुको भनाइ छ।
नयाँ कोरोना भाइरसको खतरा मध्यनजर गर्दै हाल विभिन्न मुलुकले बेलायतमाथि भ्रमण प्रतिबन्ध लगाएका छन्।
हाल कोरोनाको नयाँ रुप ४० भन्दा बढी मुलुकमा फैलिसकेको छ।

प्रतिक्रिया