ad ad

समाज


दैनिक ११ घण्टा लोडसेडिङ हुन थालेपछि एक भारी दाउराको मूल्य एक हजार पुग्यो

दैनिक ११ घण्टा लोडसेडिङ हुन थालेपछि एक भारी दाउराको मूल्य एक हजार पुग्यो

नेपालखबर
पुस १९, २०७७ आइतबार ३:१५,

हुम्ला सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थी बढी समस्यामा परेका छन्।

जेठमा हुने एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकी लोडसेडिङको कारण कष्टकर बनेको छ।

कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थी चर्को लोडसेडिङले थप मारमा परेका छन्। जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नै कोरोना त्रासका कारण विद्यालय खुलेका थिएनन्।

हिउँदे ट्युसनको भरमा एसइईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घण्टा लोडसेडिङ हुँदा निराश भएका छन्। हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिए।

दैनिक ११ घण्टा लोडसेडिङ हुँदा जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय पनि प्रभावित भएको छ। दिनमा तीन पटक लोडसेडिङ हुन थालेपछि सिमकोटमा दाउराको माग बढेको छ।

एक भारी दाउराको सिमकोटमा एक हजार तिर्नुपर्ने अवस्था छ। लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .