ad ad

राजनीति


संसद् विघटन : प्रधानमन्त्री र राष्ट्रपतिका कार्यालयले आज सर्वाेच्च अदालतमा लिखित जवाफ पेस गर्लान्?

संसद् विघटन : प्रधानमन्त्री र राष्ट्रपतिका कार्यालयले आज सर्वाेच्च अदालतमा लिखित जवाफ पेस गर्लान्?

नेपालखबर
पुस १९, २०७७ आइतबार २:५७,

संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै  प्रधानमन्त्री र राष्ट्रपतिका कार्यालयलाई लिखित जवाफ पेस गर्न दिएको म्याद आज (आइतबार) सकिँदै छ।

इजलासले यही पुस १९ गते (आज) भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकार तथा राष्ट्रपतिका कार्यालयलाई आदेश दिएको हो।

अधिवक्ता सन्तोष भण्डारीसमेत निवेदक रहेको रिटमा सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ- ‘निवेदनको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुननपर्ने कानुनबमोजिमको आधार र कारण भए सोसमेत साथै राखी म्याद थाम्न थमाउन नपाउने गरी मिति २०७७/९/१९ सम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूलाई यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी सूचना म्याद जारी गरी निम्न कार्य सम्पन्न गरी नियमानुसार पेस गर्नू।’

sarbochchaaadesh

जसअनुसार राष्ट्रपति र प्रधानमन्त्रीका कार्यालयले अनिवार्य रूपमा आज आइतबारसम्ममा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुपर्नेछ। 

तर त्यस्तो जवाफ शुक्रबारसम्म आइनपुगेको सर्वाेच्च अदालत स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .