समाज


खेल्न गएका बालकलाई चाउचाउ दिएर फकाइन्, सुतेपछि घाँटी थिचेर हत्या गरी खाल्डोमा गाडिन्

खेल्न गएका बालकलाई चाउचाउ दिएर फकाइन्, सुतेपछि घाँटी थिचेर हत्या गरी खाल्डोमा गाडिन्

शैलेन्द्र महतो
पुस १७, २०७७ शुक्रबार १३:२६,

धनुषाको विदेह नगरपालिका–२ का ५ वर्षीय बालक अभिनन्दन राय अमातको हत्या आर्थिक लेनदेनको रिसिइबीका कारण भएको खुलेको छ।

स्थानीय जीवन राय अमातका ५ वर्षीय छोरा बुधबार बिहानदेखि बेपत्ता भएका थिए। बिहीबार राति ती बालकको शव स्थानीय ब्रह्मदेव राय अमातको गोठमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ब्रह्मादेवकी जेठी छोरी २६ वर्षीया प्रमिलादेवीले खेल्न गएका ती बालकलाई चाउचाउ खुवाएर फकाएर सुताएको र निदाएपछि घाँटी थिचेर हत्या गरेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले प्रमिलाले बालकको हत्या गरेको स्वीकार गरिसकेको बताए।

उनका अनुसार बुधबार बिहान ९ बजे बालक ब्रह्मदेवको गोठमा पुगेपछि प्रमिलाले चाउचाउ दिएर फकाएककी थिइन्। चाउचाउ खाएर त्यही बसेका ती बालकले मध्यान्ह १२ बजे आफूलाई निन्द्रा लागेको बताएपछि प्रमिलाले गोठमा बुबा सुत्ने ओछ्यानमा सुताएकी थिइन्।

प्रहरीले प्रमिलाले बालक सुतिसकेपछि कोही नभएको मौका पारेर दुबै हातले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको बताएकाे छ। 

प्रमिलाले हत्यापश्चात साँझ साढे ६ बजे घटनास्थलबाट बालकको लाश उठाई भैंसी बाध्ने गोठमा सानो खाल्डो खनेर बालकलाई पुरेको प्रहरीलाई बताएकी छन्। उनले बालकलाई आफ्नै सेतो सलले बेरेर माथिबाट खरानीले छोपेकी थिइन्। बालकको परिवारसँग आर्थिक लेनदेनको रिसीबीका कारण बालकको हत्या गरेको प्रमिलाले प्रहरीमा बयान दिएकी छन्।

बालक हराएको खबरपछि तत्कालै दुहबी प्रहरी चोकीबाट खटिएको टोलीले खोजतलास गर्दा राति साढे ९ बजे बालककै नाता पर्ने ब्रम्हदेव रायको गोठमा शव फेला पारेको थियो।

प्रहरीले घटनापश्चात प्रमिलादेवी लगायत ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। प्रमिलाले हत्या गरेको स्वीकार गरेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए।

याे पनि  :  धनुषामा ५ वर्षीय बालकको गोठमा गाडेको अवस्थामा शव भेटियो, ५ जना पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad