समाज


फाइजर बन्यो डब्ल्यूएचओबाट मान्यता पाउने पहिलो कोरोनाविरुद्धको खोप, आकस्मिक प्रयोगको बाटो खुल्ला

फाइजर बन्यो डब्ल्यूएचओबाट मान्यता पाउने पहिलो कोरोनाविरुद्धको खोप, आकस्मिक प्रयोगको बाटो खुल्ला

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ७:५०,

अमेरिकी र जर्मन कम्पनीहरु फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रमाणीकरण गरेको छ।

कोरोना संक्रमणको एक वर्षपछि पहिलो खोपलाई डब्ल्यूएचओले बिहीबार प्रमाणीकरण गरेको हो।

डब्ल्यूएचओले फाइजरको खोप आकस्मिक रुपमा प्रयोगका लागि बाटो खुल्ला गर्नलागेको हो।

संगठनको आकस्मिक प्रयोग सूची (ईयूएल)ले विश्वका देशहरुलाई आफ्नै प्रकारको नियामकीय प्रमाणीकरण प्रक्रियाबाट उक्त खोप आयात र व्यवस्थापन गर्ने ढोका खोलिदिएको डब्ल्यूएचओले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै डब्ल्यूएचओले राष्ट्रसंघीय संस्था युनिसेफ र पान अमेरिकन हेल्थ अर्गनाइजेसनलाई देशहरुमा खोप वितरणका लागि खरिद गर्न सक्ने समेत जनाएको छ।

डब्ल्यूएचओले कोरोना खोपको पहुँच विश्वव्यापी बनाउने सकारात्मक कदमका रुपमा लिएको जनाएको छ। उसले अन्य खोपको पनि सुरक्षा र पर्याप्तता मापदण्डको अध्ययन गरिरहेको जनाएको छ।

डब्ल्यूएचओको आयोजनामा विश्वभरका नियामकीय विज्ञहरुसहित डब्ल्यूएचओक टोलीले पनि फाइजर र बायोएनटेकको खोपको सुरक्षा, पर्याप्तता र गुणस्तरको जोखिम र फाइदाको अध्ययन गरेको जनाइएको छ। उसले गरेको अध्ययनमा खोपले डब्ल्यूएचओको मापदण्डअनुसार सुरक्षा र पर्याप्तताका लागि पुग्नुपर्ने क्राइटएरिया पूरा गरेको भेटिएको हो।

सो क्रममा फाइजरको खोपले कोभिडको सम्भावित जोखिमलाई सम्बोधन गरेको पाइएको हो। खोपको पोलिसी रिभ्यु अर्थात् नीतिगत समीक्षा गरिरहेको डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओको स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इम्युनाइजेसन (सेज)ले यही जनवरी ५ मा खोपको विशेष नीति र मानिसमा प्रयोगका लागि सिफारिस समेत खुलाउने भएको छ।

फाइजरको खोप भण्डारणकै लागि पनि अत्यन्त चिसो स्थान आवश्यक पर्ने बताइएको छ। यसका लागि अल्ट्रा कोल्ड चेन प्रयोग गर्नुपर्छ। यो खोप माइनस ६० डिग्रीदेखि माइनस ९० डिग्री सेल्सियसमा भण्डारण हुनुपर्छ। यसलाई अत्यन्त कठिन मानिएको छ।

यही कारण खोप सर्वव्यापी बनाउन पनि कठिन हुने देखिएको छ। त्यसका लागि आवश्यक उपकरण र वितरणका लागि सम्भव भएसम्म डब्ल्यूएचओले देशहरुलाई सहयोग गर्ने गरी काम गरिरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad