कारोबार


पिनडुओडुओका संस्थापक बने चीनकै दोस्रा धनाढ्य

पिनडुओडुओका संस्थापक बने चीनकै दोस्रा धनाढ्य

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ८:१२,

इकमर्स मार्केटप्लेस पिनडुओडुओका संस्था तथा प्रमुख कार्यकारी कोलिन हुआङ चीनकै दोस्रो ठूला धनाढ्य बनेका छन्।

उनले अलिबाबा ग्रुप होल्डिङ्सका ज्याक मा र टेन्सेन्ट होल्डिङ्सका पोनी मा हुआतेङलाई पछि पार्दै विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका दोस्रो धनी बन्न सफल भएका हुन्।

कोलिनको सम्पत्ति ६३ अर्ब १० करोड अमेरिकी डलर रहेको ब्ल्युमबर्ग अर्बपति सूचीले देखाएको छ।

बुधबार न्युयोर्कस्थित अमेरिकी प्रविधि कम्पनीहरु सूचीकृत नास्डाक सेयरबजारमा पिनडुओडुओको सेयर ७.७७ प्रतिशतले बढेको थियो।

सेयर मूल्यवृद्धिसँगै कम्पनीको बजार पुँजीकरण २ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको थियो। यो कम्पनीको लगातार दोस्रोपटक सेयर मूल्य वृद्धि हो। पाँच वर्ष मात्र पुरानो यो कम्पनीले बजार मूल्यांकनमा २ खर्ब डलर पार गरेको हो।

हुआङको सम्पत्ति चीनमा अहिले दोस्रो धेरै हो। उनीभन्दा अघि पानी व्यापारी झोङ शानशान छन्। नोङ्फु स्प्रिङ नामक बोटल पानीका व्यापारीको कम्पनीको आईपीओ सेप्टेम्बरमा हङकङको सेयरबजारमा सूचीकृत भएको थियो।

यो पनि –
अम्बानी र ज्याक मालाई पछाडि पार्दै यी बोतलको पानी बेच्ने व्यक्ति बने एसियाकै धनाढ्य
पानी बेचेर ज्याक मालाई पछि पार्ने यी हुन् चीनका नयाँ अर्बपति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad