राजनीति


विदेशमा रहेका नेपालीसँग ओलीको भनाइ : अब ५० लाख समानुपातिक मतसहित दुईतिहाइ ल्याउनुपर्छ

विदेशमा रहेका नेपालीसँग ओलीको भनाइ : अब ५० लाख समानुपातिक मतसहित दुईतिहाइ ल्याउनुपर्छ

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ७:३४,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपाले ५० लाख समानुपातिक मतसहित दुईतिहाइ मत ल्याउनुपर्ने बताएका छन्।

ओलीले बिभिन्न देशमा रहेका नेपालीहरुलाई भर्चुअल कार्यक्रममार्फत् सम्बोधन गर्दै त्यस्तो धारणा व्यक्त गरेका हुन्।

‘पार्टी जकडिएको अवस्थाबाट फुकाएर अब नयाँ लहर सिर्जना भएको छ। कहिलेकाहिँ झट्का आउँछ यसले पार्टीलाई गतिहिन, निष्क्रिय अवस्थाबाट गतिशिल र सक्रिय बनेर जनताका बीचमा जाने अवस्था बनेको छ,’ ओलीले भने।

उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध पुत्ला जलाउन लगाउने र मलाई त थाह नै छैन भन्ने गरेको आरोप लगाए।
आफ्नै पार्टीको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्ने कार्यकर्तालाई कारबाही गर्नुपर्ने तर आफू उदार भएर त्यसो नगरेको तर्क गरे।

उनले प्रतिनिधि सभा पुनस्र्थापना नहुने पनि ठोकुवा गरे।

ओलीले सभामुख अग्निप्रसाद सापकोटाले संसदमा रहेका प्रस्तावहरुलाई निर्णयार्थ पेस नगर्दा मित्रराष्ट्रहरुसँगको सम्बन्ध पनि अप्ठेरोमा पारेको दाबी गरे।

उनले सभामुखले संसद विघटनको घोषणा भइसकेपछि अपरान्ह ३ः३० बजे प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लिएर गएका सांसदहरुलाई १०ः३० मै आएको भनेर किर्ते हस्ताक्षर गरेको आरोप समेत लगाए।

यस्ता गतिबिधि र विवादको दबाई ताजा जनादेश मात्रै भएको उनको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad