ad ad

समाज


काठमाडौँको तापक्रम शून्य डिग्रीमा झर्‍यो

काठमाडौँको तापक्रम शून्य डिग्रीमा झर्‍यो

नेपालखबर
पुस १६, २०७७ बिहिबार ६:१८,

काठमाडौँको न्यूनतम् तापक्रम बिहीबार शून्य दशमलव ८ डिग्रीमा झरेको छ।

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै बिहीबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ। काठमाडौँसहित देशभर चिसो बढेको छ। तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम् तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो। काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताए।

‘उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ’, मौसमविद् प्रधानांगाले भने।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .