ad ad

समाज


काठमाडौँको बौद्ध क्षेत्रमा एक वर्षदेखि चोरी गर्दै आएका ७ जना पक्राउ

काठमाडौँको बौद्ध क्षेत्रमा एक वर्षदेखि चोरी गर्दै आएका ७ जना पक्राउ

नेपालखबर
पुस १६, २०७७ बिहिबार ६:३४,

काठमाडौंको बौद्ध क्षेत्रमा विभिन्न चोरीका घटनामा संलग्न ७ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार उनीहरुलाई नगद, चोरीका गहना र लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो। उनीहरुले बौद्ध क्षेत्रलाई केन्द्र बनाएर एक वर्षदेखि चोरी गर्दै आएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा झापाका २७ वर्षीय सोनम लामा, २५ वर्षीय सनम माझी, २३ वर्षीय विजय लिम्बु, सिन्धुपाल्चोकका ३७ वर्षीय संजिव तामाङ, भोजपुरका ३२ वर्षीय सन्तोष बिक, ३५ वर्षीय सुर्यबहादुर श्रेष्ठ, भारतीय नागरिक सुनचाँदी पसले २३ वर्षीय युवराज बलु बबरा रहेका छन्।

उनीहरुले चोरीका समयमा प्रयोग गर्ने स्कुटरको नम्बरसमेत परिवर्तन गरेको पाइएको प्रहरीले जनाएको छ।

यो समूहले दिउँसोको समयमा मानिस घरमा नभएको मौकामा चोरी गर्ने गरेको पाइएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए। ‘दिउँसोको समयमा ढोका, दराजहरु फुटाएर सुन र नगद चोर्ने गरेको गरेको पाइएको छ’, डीएसपी विष्टले नेपालखबरसँग भने, ‘उनीहरुले चोरेका सामान बेच्ने पसल समेत फेला परेको छ।’

चोरी गरेका गहनाहरु सूर्यबहादुर श्रेष्ठ र सन्तोष बिकको सहयोगमा जोरपाटीस्थित युवराज बलु बबराले गैर कानुनी रुपमा संचालन गरेको गणेश टन्च सेन्टर नामको सुनचाँदी पसलमा बिक्री गर्ने गरेको पाइएको छ।

पक्राउ परेका सञ्जिव तामाङ र विजय लिम्बुको साथबाट लागू औषध खैरो हिरोइनसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट ५ लाख ३२ हजार नगद, विभिन्न गहना गरी ६० तोला ८७ लाल सुन, सुनको जलप लगाइएका केही गहना, ५ किलो ६९३ ग्राम चाँदीका गहना र चोरीमा प्रयोग हुने विभिन्न हतियार बरामद भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .