समाज


राष्ट्रिय एकता दिवसका अवसरमा सेनाद्वारा राष्ट्रिय कविता प्रतियोगिता आयोजना

राष्ट्रिय एकता दिवसका अवसरमा सेनाद्वारा राष्ट्रिय कविता प्रतियोगिता आयोजना

नेपालखबर
पुस १२, २०७७ आइतबार १२:५६,

नेपाली सेनाले पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसर पारेर राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।

राष्ट्रिय एकता दिवसका अवसरमा गोरखादेखि काठमाडौंसम्म ‘एकीकरण पदयात्रा’ लगायत राष्ट्रव्यापी कविता प्रतियोगिता समेत आयोजना गर्ने योजना रहेको जंगी अड्डाले जनाएको छ।

‘राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवर्द्धन र पृथ्वी नारायण शाह’ सम्बन्धी भावमा कविता लेखी सहभागिता जनाउन सक्ने सेनाले जानकारी गराएको छ। सहभागिता सम्बन्धी थप विवरणको लागी नेपाली सेनाको वेवसाइट वा फेसबुक पेज वा ट्वीटर ह्याण्डल मा हेर्न सकिने छ।

कविता पुस २० गतेको ४ बजे भित्र सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय वा (लिंक) इमेलमा पठाउन सकिने छ। प्रतियोगितामा छानिएका कविताहरुको संग्रहहरु जंगी अड्डा परिसरमा स्थापना हुने ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ मा राखिने र उत्कृष्ट २५ कविताहरु संग्रह पुस्तकको रुपमा प्रकाशित गरिने छ भने उत्कृष्ट १० कविहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र उपलब्ध गराइने सेनाले जनाएको छ।

यस्तै, सेनाका अनुसार ‘एकीकरण पदयात्रा’ पुस २१ गते गोरखाबाट शुरु भई धादिङ, नुवाकोट र नागार्जुन हुँदै पुस २६ गते हनुमानढोका आईपुग्ने छ र पुस २७ गते जंगी अड्डमा हुने कार्यक्रममा भाग लिने छ। यस पदयात्रामा नेपाली सेना, स्थानीय जनता, विद्यार्थीहरु समावेश हुने छन्।

यसै पदयात्रामा मिरकासिमको फौजलाई पराजित गरेपछी राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले खडा गरेका नेपाली सेनाका पाँच वटा कम्पनीहरुको निशान, नेपालको राष्ट्रिय झण्डा र ‘एकीकरण ज्योति’ (युनिफिकेसन टर्च) समावेश रहनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad