समाज


भारतमा अर्काे हप्तादेखि कोरोनाविरुद्धको खोप लगाउने पूर्वाभ्यास थालिँदै

भारतमा अर्काे हप्तादेखि कोरोनाविरुद्धको खोप लगाउने पूर्वाभ्यास थालिँदै

नेपालखबर
पुस ११, २०७७ शनिबार ४:६,

भारतमा कोरोनाविरुद्ध खोप लगाउने अभियान थाल्न अर्काे हप्ता ‘ड्राइ रन’ (पूर्वाभ्यास) गरिने भएको छ।

भारतको इतिहासमै सबैभन्दा महत्वाकांक्षी खोप लगाउने पूर्वाभ्यास आन्ध्र प्रदेश, गुजरात, पन्जाब र असममा २ दिन सञ्चालन गरिने इन्डियन एक्सप्रेसले जनाएको छ।

रिपोर्टअनुसार यही डिसेम्बर २८ र २९ तारिख उक्त ४ राज्यका २ जिल्लामा खोप लगाउने अभियानको पूर्वाभ्यास गरिनेछ।

एक वरिष्ठ सरकारी अधिकारीले इन्डियन एक्सप्रेसलाई बताएअनुसार यस पूर्वाभ्यास खोप कार्यक्रममा सहभागी हुने २ हजार ३६० जनालाई प्रशिक्षण दिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad