विगत नौ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आगामी मंगलबारदेखि खुल्ने भएको छ।
यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन आउँदो मंगलबार (१४ पुस) देखि खुला गर्ने निर्णय गरेको हो।
कोरोना संक्रमणको त्रास सुरु भएपछि गएको चैत ११ गतेदेखि लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रायल बन्द थियो। मंगलबारदेखि लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रायल सबै खुला गर्न लागिएको विभागले जनाएको छ।
विभागले सूचना जारी गर्दै कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको जानकारी दिएको छ।
प्रदेश यातायात कार्यालयबाटै अब नयाँ लाइसेन्स वितरण हुने विभागले जनाएको छ।


प्रतिक्रिया