समाज


२ करोड ५० लाख नागरिकका लागि मोरक्कोले ६ करोड ५० लाख कोरोना खोप खरिद गर्ने

२ करोड ५० लाख नागरिकका लागि मोरक्कोले ६ करोड ५० लाख कोरोना खोप खरिद गर्ने

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ८:१७,

उत्तर अफ्रिकी मुलुक मोरक्कोले नयाँ कोरोना भाइरसका लागि ६ करोड ५० लाख खोप खरिद गर्ने भएको छ। मोरक्कोले आफ्ना २ करोड ५० लाख नागरिकलाई खोप दिने तयारी गरेको छ।

मोरक्कोका स्वास्थ्य मन्त्री खालिद एट तालेबले एक विज्ञप्ति प्रकाशन गरी खोप खरिद र वितरणका लागि तयारी अन्तिम चरणमा पुगिसकेको बताएका छन्।

मोरक्कोले चीनको सिनोफार्म र बेलायतको अस्ट्राजेनिकाबाट खोप खरिद गर्ने योजना बनाएको सरकारी स्रोतहरुले जनाएका छन्। खोप लगाउने समय भने अझै तोकिएको छैन।

मोरक्कोका राजा मोहम्मद छैटौंले खोप निःशुल्क प्रदान गरिने घोषणा गरिसकेका छन्।

करिब ३ करोड ५० लाख जनसंख्या रहेको मोरक्कोमा ४ लाख २५ हजार नयाँ संक्रमित भेटिएका छन् भने ७ हजार १३० जनाको मृत्यु भइसकेको छ। रासस–एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad