निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नेकपाको वैधानिकता विवादबारे निर्वाचन आयोगले प्रचलित कानुन बमोजिम र न्यायोचित निर्णय लिने बताएका छन्।
शुक्रबार नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुसँग प्रमुख आयुक्त थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका हुन्।
उनले आफूहरुलाई आएको जानकारी अनुसार र राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार केही पत्रहरु जनाकारी भएको विषयलाई आज औपचारिक रुपमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ बमेजिम प्रक्रिया सुरु भएको जानकारी दिए।
उनले आयोगमा दल दर्ता गर्दा प्रस्तुत गरेको विधान, पछाडि संशोधनसहितको अध्यावधिक विधान राखेर ऐनले दिएको अधिकार अनुसार यो प्रक्रियालाई तोकिएको अवधिमै अगाडि बढाउने बताए।
‘संविधान, निर्वाचनसम्बन्धी कानुन र निर्वाचन आयोगमा दल दर्ता गर्दा प्रस्तुत गरेको विधान पछाडि संशोधनसहितको अध्यावधिक विधान राखेर ऐनले दिएको अधिकार अनुसार यो प्रक्रियालाई तोकिएको अवधिमै अगाडि बढाउने र तोकिएको अवधिभन्दा भन्दा छिट्टै एक/ दुई दिन अगाडि नै सक्ने विस्वास दिलाउँछौँ’, उनले भने।
उनले निर्वाचन आयोगले यसलाई प्रचलित कानुनको अधीनमा रही अत्यन्तै न्यायोचित निर्णय लिने आश्वासन दिए।
Shares

प्रतिक्रिया