सुनसरीमा ८० वर्षीय वृद्धको कुटपिट गरी हत्या भएको छ। बुधबार बिहान कोशी गाउँपालिका ३ का ८० वर्षीय गंगाई दास मुखियाको कुटपिटबाट ज्यान गएको हो।
उनको हत्या गरेको अभियोगमा सोही ठाउँका ५५ वर्षीय उदिचन्द मुखिया र ६० वर्षीय कृपा मल्लाहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
उनीहरुले गंगाई दासको सोही ठाउँस्थित अवैध कपडा ओसारपसार गर्ने क्रममा बाटोमा कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले गंगाई दासको शव सोही ठाउँस्थित शम्भु मुखियाको घरमा फेला पारेको थियो।
पक्राउ प्रतिवादीहरुलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया