समाज


सुनसरीमा पेस्तोलसहित दुई जना पक्राउ

सुनसरीमा पेस्तोलसहित दुई जना पक्राउ

नेपालखबर
पुस ८, २०७७ बुधबार १२:१५,

सुनसरीमा हतियारसहित दुई जना पक्राउ परेका छन्। सुनसरीको कोशी गाउँपालिका ८ भाण्टावारी चोक नजिकबाट २ थान कटुवा पेस्तोल र ५ राउन्ड गोली सहित दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा सुनसरी कोशी गाँउपालिका ८ बस्ने ३५ वर्षीय मो मुक्तार मिया र सोही ठाउँका २७ वर्षीय सद्दाम मिया रहेका छन्।

केही युवाहरुले भारतबाट हातहतियार तथा खरखजना ल्याई नेपालमा बिक्री वितरण गर्दै छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को ३६ प २३९० र बिआर ५० सि ०२४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सद्दाम मियाले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad