ad ad

समाज


सन् २०१६ मा बीबीसीबाट विश्वका ‘१०० प्रभावशाली महिला’मा समावेश करिमा क्यानडामा मृत भेटिइन्

सन् २०१६ मा बीबीसीबाट विश्वका ‘१०० प्रभावशाली महिला’मा समावेश करिमा क्यानडामा मृत भेटिइन्

नेपालखबर
पुस ८, २०७७ बुधबार २:३६,

बलुचिस्तानका चर्चित राजनीतिक कार्यकर्ता एवं बलोच स्टुडेन्ट्स अर्गनाइजेसनकी पूर्वअध्यक्ष करिमा बलोच क्यानडामा मृत भेटिएका छन्।

बीबीसीका अनुसार उनको शव क्यानडाको टोरोन्टोमा भेटिएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ। जसलाई सन् २०१६ मा बीबीसीले विश्वका प्रभावशाली सय महिलामध्ये एक घाेषणा गरेकाे थियाे। 

करिमा बलोचका आफन्त/परिवारले उनको शव प्रहरीले अनुसन्धान गरिरहेकाे र त्यसपछि शव आफूहरूले जिम्मा लिने बताएका छन्।

अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एमनेस्टी इन्टरनेसनलले पनि घटनाको दोषीलाई कारबाहीको माग गरेको छ।

उसले ट्विट गर्दै भनेकाे छ- ‘सामाजिक कार्यकर्ता करिमा बलोचको मृत्यु भएको खबरले दुःखी बनाएको छ। यसको तुरुन्त प्रभावकारी अनुसन्धान गरी दोषीलाई सजाय गर्न माग गर्छाैं।’

प्रहरीका अनुसार करिमा अन्तिमपटक गत आइतबार दिउँसो करिब ३ बजे देखिइएकी थिइन्। त्यसपछि गायब भएकी थिइन्। त्यसपछि टोरन्टो प्रहरीले उनको तस्बिरसहित आफ्नो वेबसाइटमार्फत सूचना जारी गरेको थियो।

सन् २०१६ मा बीबीसीबाट विश्वका प्रभावशाली १०० महिलाको सूचीमा समावेश उनी क्यानडामा शरणार्थी बनेर बसेकी थिइन्।

उनको मृत्यु के कारणले भयो भन्नेबारे खुलेको छैन। क्यानडाजस्तो सुरक्षित देशमा भएको उनको मृत्युबारे गम्भीर अनुसन्धान हुनुपर्ने माग सामाजिक सञ्जालमा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .