ad ad

समाज


छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद सजाय

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद सजाय

नेपालखबर
पुस ८, २०७७ बुधबार २:२०,

जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय हुने फैसला गरेको छ।

न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र ५५ हजार जरिवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यलयले जानकारी दिए।

पिडक बाबुले २०७६ साल माघ १९ गते राति आफ्नी १२ वर्षीया छोरीलाई बलात्कार गरेका थिए। पीडककी श्रीमती र पीडित छोरीले माघ २० गते उनीमाथि कारबाहीका लागि प्रहरीमा निवेदन दिएका थिए।

प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो। गएको अदालतको आदेशानुसार गएको फागुन २२ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .