संसद् (प्रतिनिधिसभा) विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दर्ता भएको छ।
आइतबार नै दर्ताका लागि पुगे पनि दर्ता नभएका रिट सोमबारमात्र दर्ता भएका हुन्।
१२ वटा दर्ताका लागि आए पनि एउटा रिट भने सच्याएर ल्याउन पठाइएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले नेपालखबरलाई जानकारी दिए।
‘१२ वटा आएका थिए तर एउटा सच्याएर भोलि ल्याउन भनेका छौँ’, पोखरेलले भने।
रिटमा संसद् विघटन असंवैधानिक भएको भन्दै खारेज गर्न माग गरिएको व्यहोरा रहेको उनले जानकारी दिए।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए।
सरकारको सिफारिस सदर गर्दै राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते चुनावको मिति तोकिदिएकी छिन्।

प्रतिक्रिया