समाज


भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५५ हजारभन्दा बढी

भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५५ हजारभन्दा बढी

नेपालखबर
पुस ६, २०७७ सोमबार ८:८,

गएको २४ घण्टाको अवधिमा भारतमा २४ हजार ३३७ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५५ हजार ५६० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ८१० जना पुगेको छ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा एक हजार २७५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र २६ जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ।

मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ६ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा तीन लाख ३६ हजार सक्रिय संक्रमित रहेका छन्। यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड २० लाख ९८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad