समाज


जनकपुरमा आज राम-जानकीको मटकोर, भोलि विवाह

जनकपुरमा आज राम-जानकीको मटकोर, भोलि विवाह

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ३:४३,

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौदिन आज राम र जानकीको मटकोर गरिदैँछ।

आज दिउँसो जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए।

बाजागाजा सहित गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ। मटकोटर सकिएपछि भोलि शनिबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी स्वयंवर र विवाहको विधि गरिने छ।

यसअघि चौथो दिन बिहीबार तिल्कोत्सव सम्पन्न भएको छ। जानकी मन्दिरबाट फलफुल, मिठाई तथा लताकपडाको भारसहित सयौँ जानकी राममन्दिरमा पुगेर तिल्कोत्सवमा सहभागी भए। त्यहाँ राजा दशरथको भूमिकामा रहेका राममन्दिरका महन्त राम गिरी र राजा जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्तबिच सम्बन्धी मिलन भएको थियो।

मंसिर २९ गतेदेखि विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ।

आज पाँचौदिन मटकोर, भोली छैठौं दिन राम र जानकीको विवाह र आइतबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत समापन गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad