भारतको दिल्लीमा बिहीबार मध्यराति भूकम्प गएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको हो।
भारतको नेसनल सेन्टर फर सिस्मोलजीका अनुसार राजजस्थानको अलवर केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।
जसको झट्का दिल्ली-एनसीआर इलाकासम्म महसुस गरिएको थियो।
क्षति भयो भएन भन्नेबारे भारतीय सञ्चारमाध्यमले केही उल्लेख गरेका छैनन्।

प्रतिक्रिया