समाज


प्रदेश १ मा २२३ संक्रमित निको

प्रदेश १ मा २२३ संक्रमित निको

नेपालखबर
पुस २, २०७७ बिहिबार १३:१०,

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२३ संक्रमित निको भएका छन्।

निको हुनेमा होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको संख्या २४ हजार २४६ पुगेको छ।

यसैगरी प्रदेशमा उक्त अवधिमा ४६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुष गरी जम्मा ४७ जना कोरोना पोजेटिभ थपिएका छन्।

थप हुनेमा मोरङमा १९ मध्ये विराटनगरमा १५, झापामा १५, सुनसरीमा ११, संखुवासभा र प्रदेश बाहिर एक/एक जना रहेको मन्त्रालयले जनाएको छ।

प्रदेशमा कोरोना संक्रमितको संख्या २९ हजार १८७ पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad