उदयपुरमा बालविवाह गरेको भन्दै दुई जोडीलाई प्रहरीले पक्राउ गरेको छ। गत मंसिर १९ गते ताप्ली गाउँपालिका ५ आदमाराकी १७ वर्षीया युवतीसँग विवाह गरेको भन्दै केटा र केटी पक्षका अविभावकसहित पक्राउ गरिएको हो।
ताप्लीका खेचर बहादुर खड्काकी छोरीको त्रियुगा नगरपालिका ३ भुल्केका २३ वर्षीय युवकसँग विवाह सम्पन्न भएको थियो।
बिहीबार लिखित जाहेरी परेपछि उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो। केटा केटी र दुवै अभिभावक पुष्प कोईराला र राधा खड्कासहित ४ जनालाई नियन्त्रणमा लिएको छ।
आफुखुशी बाल विवाह गर्ने केटा केटी पक्राउ
मंसिर ३० गते बिबाह गरेका केटा केटीलाई पनि प्रहरीले बिहीबार पक्राउ गरेको छ।
उदयपुरगढी गाउँपालिका ६ स्थित काभ्रेपानी मन्दिरमा भुमरे गाँउका लिल बहादुर खड्काको छोरा वर्ष १८ को दुर्गा बहादुर खड्का र त्रियुगा नगरपालिका १६ सुकौरा काभ्रेभन्ज्याङका टंक बहादुर कार्कीको छोरी १७ वर्षीया खेली कार्कीबिच दुवै जनाको आपसि मिलेमतोा विवाह भएको थियो।
अभिभावकले समेत यस बारेमा जानकारी नपाएको बताएका छन्।
दिदीको घरमा बसिरहेका उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया