बुधबार चीनको सांघाई फोसन फर्मास्युटिकल ग्रुपले फाइजर र बायोएनटेकका दश करोड डोज खोप खरिद गर्ने जानकारी दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
अमेरिका, बेलायत, क्यानडा, बहराइन, साउदी अरब लगायतका देशले प्रयोगका लागि अनुमति दिइसकेको यस खोपलाई चीनले हालसम्म अनुमति दिएको छैन।
यद्यपी आगामी वर्षदेखि यस खोप चीनमा प्रयोग गरिने सांघाई फर्मास्युटिकलले बताएको छ।
फाइजर र बायोएनटेकको खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ। यस्तै चीनको सिनोफार्मले बनाएको खोप ८६ प्रतिशत प्रभावकारी भएको बताइएको छ।
93
Shares

प्रतिक्रिया