काठमाडौँ न्युरोडको कर्नर प्वाइन्ट रेस्टुरेन्ट (बेस्ट पिज्जा) को पिज्जा बेसमा प्रयोग गर्ने तेलमा मरेको साङ्ला भेटिएको छ।
आज (शुक्रबार) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा साङ्ला भेटिएपछि कर्नर प्वाइन्टलाई दुई लाख एक हजार रूपैयाँ जरिबाना गरिएको छ।
अनुगमनका क्रममा सरसफाइ सामान्य रहेको, म्याद नाघेको फ्रुट सिरप (स्क्वास) प्रयोग गर्ने गरेको र फ्रिजमा भण्डारण अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ।
विभागका अनुसार म्याना नाघेको र पूर्ण लेबल विवरण नभएको दुई बोतल स्क्वास नष्ट गरिएको छ। विभागले कैफियतहरू सुधार गरी तीन दिनभित्र विभागमा प्रमाणसहित उपस्थित हुन पनि निर्देशन दिएको छ।
36
Shares

प्रतिक्रिया