बैतडीमा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
कैलालीको धनगढीबाट बैतडीतर्फ गइरहेको सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस शुक्रबार अपराह्न पाटन नगरपालिका-८ स्थित गैराखानमा दुर्घना भएको थियो। दुर्घटनामा बस चालक पाटन नगरपालिका-३ का २५ वर्र्षीय दिनेश भाट घाइते भएका छन्।
त्यस्तै, घाइते हुनेमा पाटन-३ कै २५ वर्षीया दुरा बोहरा, पाटन-६ का ४३ वर्र्षीय जनकप्रसाद पन्त, ११ वर्षीय सिद्धार्थ भण्डारी, दशरथचन्द नगरपालिका-४ साइलेकका सागर ठगुन्ना र ५४ वर्षीया निर्मला कार्की छन्।
यस्तै, दशरथचन्द नगरपालिका-२ का नरेश लावड, पुर्चौडी नगरपालिका-८ की ३५ वर्षीया रत्नाकुमारी भण्डारी, डडेल्धुराकी दीपा महरा, दशरथ चन्द नगरपालिका-६ की धना पहाडी, नरेश महर, अरुण महर, सुर्नया गाउँपालिका-२ का पुष्कर विष्ट, २० माया विष्ट, पुर्चौडी नगरपालिका-१ की अनुग्राकुमारी ठगुन्ना, पाटन-६ का मोहन पन्त र दशरथचन्द नगरपालिका-९ का जनकराज जोशी घाइते भएका छन्।
नाम नखुलेका एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस सडकबाट दुई सय मिटर तल खसेको थियो। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले घाइतेको उद्धार गरेका थिए।

प्रतिक्रिया