समाज


पर्वत कारागारमा विप्लवका नेताको मृत्यु, आफन्तले शव बुझ्न मानेनन्

पर्वत कारागारमा विप्लवका नेताको मृत्यु, आफन्तले शव बुझ्न मानेनन्

नेपालखबर
पुस १, २०७७ बुधबार १:१६,

पर्वत कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका एक नेताको मृत्यु भएको छ।

म्याग्दीको मालिका गाउँपालिका ३ घर भएका ५८ वर्षीय जगेन्द्र पुन (जगत) को उच्च रक्तचापको कारण मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। अभद्र ब्यबहार सम्बन्धी मुद्दामा प्रहरीले उनलाई एक वर्षअघि पक्राउ गरेको थियो।

उच्च रक्तचापको कारण बेहोस भई ढलेका पुनको सोमबार पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।

पुनका आफन्तले भने प्रशासन र सुरक्षा निकायले नियमित र समयमै औषधी उपचारमा ध्यान नदिँदा उनको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरुले शव बुझ्न अस्विकार गरेका छन्।

पुनका छोरा हिमालले राजनीतिक आस्थाका आधारमा उपचारमा हेलचेक्राई गरिएको र बिरामी भएपछि परिवारलाई समयमै खबर नगरेको बताए। ‘मृत्युको स्वतन्त्र छानबिन नगरेसम्म शव बुझ्दैनौँ, मानवअधिकारबादी संघसंस्थालाई घटनाको विषयमा जानकारी गराउँछौँ,’ उनले भने।

पुनलाई २०७६ फागुन ९ गते घरबाटै पक्राउ गरेर अभद्र ब्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो। त्यसपछि गौहत्या सम्बन्धी अर्को मुद्दासमेत उनीमाथि लगाइएको थियो।

जुन मुद्दामा अदालतले ५४ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। गौहत्या मुद्दामा छुटेलगत्तै दोस्रो पटक गिरफ्तार भएका पुनलाई जिल्ला प्रशासन कार्यालयले अभद्र ब्यवहार मुद्दामा मागेको एक लाख १८ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि म्याग्दी कारागार चलान गरिएको थियो।

कात्तिक तेस्रो साता पर्वत लगिएका पुनलाई पर्वत जिल्ला अदालतले मागेको ५० हजार रुपैयाँ धरौटि तिर्न नसकेपछि कारागार चलान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad