लेखक खगेन्द्र संग्रौलालो भर्खरै पुनः एकीकरण भई बनेको विवेकशील साझा पार्टीका कुनै दार्शनिक मान्यता र मूर्त राजनीतिक दिशा नभएको आरोप लगाएका छन्।
‘सुकुलगुण्डे’ तालले वैकल्पिक पार्टी बन्न असम्भव भएको भन्दै साहित्यकार संग्रौलाले रुचि र प्रवृत्तिका हिसाबले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई फिल्मी हिरो र संयोजक मिलन पाण्डेलाई शिक्षक हुनु् नै सुहाउन कटाक्ष गरेका हुन्।
‘विवेकशील साझा पार्टीको न कुनै दार्शनिक मान्यता देखियो न मूर्त राजनीतिक कार्यदिशा। यस्तो दिग्शून्य र सुखवादी सुकुलगुण्डे तालले वैकल्पिक पार्टी बन्न असम्भव छ, मान्यवर,’ लेखक संग्रौलाले ट्विटरमा लेखेका छन्, ‘प्रवृत्ति र अभिरूचिका दृष्टिले त रवीन्द्र मिश्र फिल्मी हिरो र मिलन पाण्डे शिक्षक हुनुमा पो कल्याण छ, ब्रोज् !’
3
Shares

प्रतिक्रिया