समाज


नाइजेरियामा विद्यालयमा आक्रमण, ३३३ विद्यार्थी सम्पर्कविहीन

नाइजेरियामा विद्यालयमा आक्रमण, ३३३ विद्यार्थी सम्पर्कविहीन

नेपालखबर
पुस १, २०७७ बुधबार ०:२३,

नाइजेरियाको एक विद्यालयबाट तीन सय विद्यार्थी सम्पर्कविहीन भएका छन्।

विद्यालयमा भएको आक्रमणपछि करिब तीन सय विद्यार्थी सम्पर्कबिहीन भएका हुन्। अपहरणको जिम्मा बोको हराम समूहले लिएको छ।

गत शुक्रबार र शनिबार उक्त समूहले विद्यालयको छात्रवासमा प्रवेश गरी बालबालिकालाई अपहरण गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

जिहादी बोको हराम समूह र यसको प्रतिस्पर्धी स्लामिक स्टेटले पश्चिमी अफ्रिकी क्षेत्रमा एक दशक पहिले सुरु गरेको विद्रोह अझै पनि नाइजेरियाको उत्तरपूर्व र छिमेकी क्यारून, चाड र नाइजरमा शान्त भएको छैन।

नाइजेरियाको कात्सिना राज्यका गभर्नर अमिनु बेल्लो मासरीका अनुसार अपहरणकारीले प्रशासनसँग सम्पर्क गरेको र अपहरणमा परेका विद्यार्थीको सुरक्षा प्रत्याभूत गर्न र उनीहरूको परिवारसम्म छात्रहरूलाई पु¥्याउन पहल लिइरहेको छ।

नाइजेरियाली टेलीभिजन तथा अन्य सञ्चारमाध्यमले सशस्त्र समूहले गरेको आक्रमणपछि करिब २०० विद्यार्थी शनिबार र आइतबारसम्म फिर्ता आएका छन्। तर अझै ३३३ विद्यार्थी सम्पर्कमा आउन सकेका छैनन्।

शुक्रबार भएको उक्त आक्रमण अफ्रिकी लुटेराहरूको समूहले गरेको सरकारले बताएको भएपनि मङ्गलबार बोको हराम समूहले उक्त आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको जानकारी दिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad