समाज


कोरोना भाइरसको नयाँ प्रकार देखा परेपछि बेलायतमा अहिलेसम्मकै कडा लकडाउन

कोरोना भाइरसको नयाँ प्रकार देखा परेपछि बेलायतमा अहिलेसम्मकै कडा लकडाउन

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ११:२७,

कोरोना प्रजातिकै यस नयाँ भाइरस ६० स्थानमा भेटिएको र यो तीव्र रुपमा फैलिएको त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले जानकारी दिएका छन्।

यो नयाँ प्रकारको कोरोना कति खतरनाक छ भनेर हालसम्म पत्ता लाग्न सकेको छ। वैज्ञानिहरुले कोरोनाको यस नयाँ रुपको बारेमा अध्ययन गरिरहेको छ।

मन्त्री ह्यानककका अनुसार कोरोनाविश्रद्ध हाल बनेका खोपले यो नयाँ रुपको भाइरसलाई काम नगर्नसक्छ।

उनले सदनमा कोरोनाको नयाँ रुपले लन्डन, केन्ट, एसेक्स र हर्टफोर्डसायरका मानिसहरुलाई तीव्र रुपमा संक्रमित बनाइरहेको बताए।

उनी भन्छन्,‘नयाँ कोरोना भाइरसको रुपले हजारभन्दा बढी संक्रमित बनाएको छ। यो ६० अलग–अलग क्षेत्रमा देखिएको छ।’

यसअघि चीन, इटली लगायत देशमा कोरोनाको परिवर्तित रुप देखा परेको बताइएको थियो। परिवर्तित रुपको कोरोना झनै खतरनाक हुने बताइएको छ।

कोरोनाको नयाँ रुप देखा पर्नासाथ यसबाट निम्तने खतरालाई मध्यनजर गर्दै बेलायतले हालसम्मकै कडा लकडाउन लागू गरेको छ। लन्डन, एसेक्स र हर्टफोर्डसायका केही हिस्सामा कोरोनाविरुद्धको कडा नियम लागू हुनेछन्।

यहाँ अर्को सूचना नआइन्जेलसम्म रेस्टुरेन्टहरु बन्द हुनेछन्। टेक अवेको व्यवस्था भने हुनेछ। यस्तै सिनेमाहरु बन्द हुनेछन्। सार्वजनिकस्थलमा मास्क पनि अनिवार्य गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad