राजनीति


संवैधानिक परिषद् बैठकका लागि राष्ट्रिय सभा अध्यक्ष र प्रधान न्यायाधीश बालुवाटारमा, गर्ला त निर्णय?

संवैधानिक परिषद् बैठकका लागि राष्ट्रिय सभा अध्यक्ष र प्रधान न्यायाधीश बालुवाटारमा, गर्ला त निर्णय?

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ११:२३,

संवैधानिक परिषद्को बैठकमा सहभागी हुनका लागि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणा बालुवाटार पुगिसकेका छन्।

आज मंगलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि गणपुरक संख्या नपुग्दा बैठक स्थगित भएको थियो।

‘अहिले राष्ट्रिय सभा अध्यक्ष र प्रधान न्यायाधीश बालुवाटार आइपुग्नुभएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो।

त्यसपछि परिषद्का अध्यक्ष समेत रहने प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ ५ बजेका लागि सो बैठक डाकेका थिए।

बिहान सभामुख उपस्थित नभए पनि प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिए।

तर दिउँसो प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठकका लागि आवश्यक गणपुरक संख्या कम गर्ने गरी अध्यादेश ल्याएपछि देउवा समेत बैठक नजाने बताइएको छ।

देउवा पनि अनुपस्थित रहेमा सो बैठक पनि हुने नहुने अनिश्चित रहेको स्रोतको भनाइ छ।

यो पनिः

मन्त्रीपरिषदमा छलफल नै नगरी अध्यादेशः संवैधानिक परिषदमा गणपुरक संख्या घटाइयो

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad