इरान सरकारले पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ।
अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा इरानमा सरकारविरोधी प्रदर्शनहरु भएका थिए। प्रदर्शनको क्रममा झण्डै चार सय जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए।
अल जजिराका अनुसार इरानले सन् २०१९ मा पत्रकार जामलाई गिरफ्तार गरेको थियो। उनी एक पटक निर्वासनमा समेत गएका थिए। इरानी सर्वोच्च अदालतले फैसला सुनाएको चार दिनपछि पत्रकार जामलाई मृत्युदण्ड दिइएको हो।
इरानको राज्य नियन्त्रित समाचार संस्था इर्नाका अनुसार पत्रकार जामलाई शनिबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको छ। पत्रकार जामलाई मृत्युदण्ड दिइनु मानव अधिकारको ठाडो उल्लंघन भएको जनाउँदै रिपोर्टर्स विदाउट बोर्डर्सले आपत्ति जनाएको छ।
पत्रकार जामले संचालन गरेको टेलिग्राम एप्समा इरानी सरकारले प्रदर्शनकारीमाथि गरेका दुव्र्यवहारको समयरेखा सहित समाचार सामग्री राखिएको थियो।

प्रतिक्रिया