चीनसँग सीमा क्षेत्र पूर्वी लद्दाखमा विवाद भइरहेका बेला भारतले सैनिक तयारीमा ठूलो कदम चालेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले आफ्ना सेनालाई १५ दिन युद्धका लागि गोला–बारुद र हतियार संकलनको अनुमति दिएको हो। यसअघि भारतीय सेनाले १० दिनका लागि मात्र युद्ध सामग्री जम्मा गर्ने गरेका थिए।
पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनसँग झगडा परिरहेका बेला भारतले गरेको यो निर्णय महत्वपूर्ण मानिएको छ।
भारतले विदेशबाट पनि ५० हजार करोड रुपैयाँको हतियार खरिद गर्ने योजना बनाएकाे छ।
दुश्मनसँग लड्न १५ दिनलाई पुग्ने हतियार संकलन गरिएको भारतीय सरकारका स्रोतले त्यहाँका सञ्चारमाध्यमसँग बताएका छन्।
पाकिस्तान र चीन दुवैविरुद्ध लड्न सक्ने गरी सेनालाई तयार पारिएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया