ad ad

समाज


काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट, दुईको मृत्यु

काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट, दुईको मृत्यु

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ९:१०,

यस घटनामा अन्य दुई घाइते भएको प्रहरीले आइतबार जानकारी दिएको छ।

सांसद तावफिक वाहदातको सवारी साधनलक्षित सो बम आक्रमण भएको थियो।

राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ७ः३० बजे सो विस्फोट भएको थियो।

आक्रमणको समयमा सांसदका भाई सवारी साधनमा सवार रहेका उनी घाइते भएको जनाइएको छ। आक्रमणको बेलामा सांसद तावफिक वाहदात आफैं भने सो सवारी साधनमा सवार थिएनन्।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन। गएको केही वर्षयता करिब ५० लाख जनसंख्या रहेको अफगानिस्तानको राजधानी काबुल तालिबान र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहले बारम्बार आतङ्ककारी आक्रमण गर्दै आएका बताइएको छ। रासस/सिन्हवा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .