समाज


जापानमा हालसम्मकै बढी कोरोना संक्रमित थपिए

जापानमा हालसम्मकै बढी कोरोना संक्रमित थपिए

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ७:१,

जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ।

जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो। उक्त मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि ३ हजार जना संक्रमित थपिएका छन्।

जापानको राजधानी टोकियोमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको जानकारी गराइएको हो। सबैभन्दा बढी टोकियो र त्यसपछि अरु केही जिल्लामा यो संख्याका संक्रमित भेटिएका बताइएको छ।

यो सँगै जापानमा अहिलेसम्म संक्रमण हुने व्यक्तिको संख्या ४६ हजारभन्दा बढी पुगेको छ। यहाँ शनिबार टोकियोमा ६२१ जना संक्रमित भेटिएका थिए।

पछिल्लो समयमा यहाँ संक्रमितहरु बढ्दै गएपछि राजधानी टोकियोका होटल रेष्टुरेन्ट तथा बढी भिडभाड हुने स्थानहरुमा मानिसहरुको सार्वजनिक आवतजावत रोकिएको छ।

यहाँको सरकारले आन्तरिक यातायात सेवा भने नरोक्ने जनाएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad