समाज


यात्रु ठग्ने काठमाडौंका २५ ट्याक्सी चालकमाथि कारबाही

यात्रु ठग्ने काठमाडौंका २५ ट्याक्सी चालकमाथि कारबाही

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ०:९,

नियमअनुसार चल्न नमान्ने २५ वटा ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। मंगलबार एकैदिन काठमाडौंमा २५ ट्याक्सीमाथि कारबाही गरिएको हो।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने २५ जना ट्याक्सी चालक कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

पछिल्लो समय ट्याक्सीले यात्रु ठगेको गुनासो बढेपछि अनुगमन र कारबाही तीव्र पारिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad