भारतका केन्द्रीय गृहमन्त्री अमित शाह र १३ किसान नेताबीच भएको वार्ता बिनानिष्कर्ष मंगलबार अबेर राति सकिएको छ।
बैठकमा सहभागी किसान नेता हनन मुल्लाले अब बुधबार (आज) गर्ने भनिएको सरकार–किसान वार्ता नहुने बताएका छन्। साथै
केन्द्र सरकारले किसान नेतालाई एउटा लिखित प्रस्ताव पठाउने बीबीसी हिन्दीले जनाएको छ।
हालै मोदी सरकारले ल्याएको नयाँ कृषि कानुनको विरोध गर्दै भारतका किसान १२/१३ दिनदेखि आन्दोलनरत छन्। यस क्रममा उनीहरूले हिजो (मंगलबार) भारत बन्द गराएका थिए।
3
Shares

प्रतिक्रिया